विध ल्याबले ‘ए’ ग्रेडको अनुमति पाएको छ

1.2K
shares

काठमाडौं। ललितपुरको कुपण्डोलमा रहेको विध ल्याबले ‘ए’ ग्रेडको अनुमति पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार ल्याबलाई ‘ए’ ग्रेडको प्रयोगशालाको अनुमति दिएको हो।

 

जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्दा ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड निर्देशिका ०७३ अनुसार मापदण्ड पूरा गरेको पाइएकाले ‘ए’ क्याटेगोरी प्रयोगशाला सञ्चालन अनुमति दिइएको जनाएको छ।

 

जनस्वास्थ्य प्रयोगशालाले पत्रमार्फत आगामी २०७८ असार मसान्तसम्मका लागि अनुमति जारी गरेको हो। उक्त अनुमति पाएपछि ल्याबले अझै सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

civil hospital
Hams Hospitals