प्रधानमन्त्री केपी शर्मा ओली टोले गुण्डा:गगन कुमार थापा
वि.सं.२०७७ फागुन ९ आइतवार
shares
काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टोले गुण्डाको संज्ञा दिएका छन् । नवलपरासी कांग्रेसले हुप्सेकोट गाउँपालिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो टिप्पणी गरेका हुन् ।
‘प्रधानमन्त्रीले हिजो विराटनगरबाट अदालतलाई सडकबाट धम्क्याउने काम गर्नु भयो । केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?’ थापाले भने, ‘सरकार चलाउन छोडेर सडकमा मान्छे बटुल्दै हिँड्ने प्रधानमन्त्री संसारमा कतै छैनन् ।’ उनले प्रतिनिधि सभा विघटनको मुद्दामा न्यायलयले विवेक पुर्याउनेमा विश्वास रहेको पनि बताए ।
‘श्रीमान् तपाईंहरु प्रधानमन्त्रीले चालेको कदम संवैधानिक छ छैन भनेर परीक्षण गरिरहनु भएको तर आम जनताले न्यायाधीशहरुको विवेक र साहसको परीक्षण गरिरहेका छ्न् ।’
उनले कम्युनिस्टहरु गरिबीमा उम्रिने र हुर्किने गरेकाले उनीहरुबाट विकास र स्थायित्वको काम हुनै नसक्ने बताए।