ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति
वि.सं.२०७७ फागुन ९ आइतवार
975
shares
shares
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न गत फागुन ७ गते नै बोर्डबाट अनुमति पाएको हो ।
बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ६६ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत सो मात्राको सेयर बिक्री गर्ने छ ।
कम्पनीले साे मात्राकाे सेयर जारी गर्न गत मंसिरकाे अन्तिम सातातिर नियामक निकाय धिताेपत्र बाेर्डमा फाइल पठाएकाे थियाे ।