महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण शेयर शुक्रबार बाँडफाँड हुने

1.1K
shares
national life insurances

काठमाडौं ।महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण शेयर फागुन १४ गते शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । साधारण शेयरको बाँडफाड हात्तिसार स्थित नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा हुने समेत विज्ञप्तिमा जनाइएको छ ।

 

महिला लघुवित्तले २०७७ माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको समेत जानकारी गराएको छ ।

Hams Hospitals
Machhapuchhre Bank Limited