बीमा कम्पनीको लगानी पूर्वाधार नगण्य

831
shares
Shine resunga department bank

 

काठमाडौं । बीमा कम्पनीहरुले कृषी, पर्यटन, जलस्रोतलगायत पूर्वाधारका क्षेत्रमा लगानी गर्न चासो नदिएको पाइएको छ । बीमा समितिले दुई वर्ष अघि नै लगानी निर्देशिका परिवर्तन गरि कम्पनीहरुलाई पूर्वाधारमा लगानी गर्ने बाटो खुला गरे पनि एकदमै न्यून कम्पनीले मात्र यस क्षेत्रमा लगानी गरेका छन् ।

 

निर्देशिका अनुसार कम्पनीहरुले लगानी गर्न चासो नदिएपछि बीमा समितिले क्षेत्र नै तोकेर पूर्वाधार लगानी गर्न निर्देशन दिएको थियो ।

 

हाल १९ जीवन र २० निर्जिवन कम्पनीहरु सञ्चालनमा रहेका छन् । त्यसमध्ये २ वटा जीवन र ६ वटा निर्जिवन बीमा कम्पनीले मात्र कृषी, जलस्रोत, पर्यटन तथथा पूर्वाधार क्षेत्रमा लगानी गरेका छन् ।

समितिका अनुसार चालू आर्थिक वर्षको असोजमा जीवन बीमा कम्पनीहरुले ३ खर्ब ५ अर्ब लगानी गरेकोमा २ अर्ब मात्र पूर्वाधार क्षेत्रमा रहेको छ । यसमा प्राइम लाइफ इन्स्योरेन्सको १५ करोड ६९ लाख र नेपाल ललाइफको एक अर्ब ८६ करोड रहेको छ ।

 

निर्जीवन कम्पनीहरुले कूल ६० अर्ब ४६ कराुड लगानी गरेकोमा १३ करोड ४४ लाख पूर्वाधार क्षेत्रमा लगानी छ । यसमध्ये एनएलजीले एक करोड ७१ लाख, शिखरले ३ करोड ७८ लाख, प्रभुले ४ करोड ६६ लाख, सगरमाथाले ८९ लाख र नेको इन्स्योरेन्सले २३ करोड ८१ लाख लगानी गरेका छन् ।

Can