बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी: नेपाल
वि.सं.२०७७ फागुन १५ शनिवार
shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेका बताएका छन् ।
कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै मागेको उल्लेख गर्दै अहिले फेरी ओलीलाई सुधार्न उनले नै कोसिस गरिरहेको तर आफुले बालुवा पेलेर तेल निस्किँदैन तरपनि कोसिस गर्न भनेको बताए ।
अध्यक्ष नेपालले अब केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारेका छन् । उनले यसको सट्टा ओली प्रवृतिको विरुद्धको आन्दोलनमा सहभागि भएकाहरुबीच सहकार्य गरेर अगाडि बढ्ने बताए ।




























