स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेभियामाथि जित

1.2K
shares
Nabil bank

काठमाडाैँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेभियामाथि जित हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

 

बार्सिलोनालाई जित दिलाउन मेसीको पासमा ओसमन डेम्बेलेले २९औं मिनेटमा पहिलो गोल गरे । खेल सकिन पाँच मिनेटअगाडि मेसी आफैंले दोस्रो गोल गरे ।

 

जितपछि बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २५ खेलमा ५३ अंक भएको छ भने एक खेल कम खेलेको रियल म्याड्रिड २४ खेलमा ५२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

 

त्यस्तै सेभियाको भने २४ खेलमा ४८ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ । ला लिगामा २३ खेलमा ५५ अंक रहेको एटलेटिको म्याड्रिड शीर्ष स्थानमा रहेको छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited