प्रचण्डको छोरा मेरो पनि छोरा हो: प्रधानमन्त्री

13.9K
shares
Nabil bank

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीको स्वास्थ्यलाभको कामना गरेका छन् । हिमालयन टेलिभजनलाई अन्तरवार्ता दिँदै ओलीले प्रचण्ड पत्नीको स्वास्थ्यलाभको कामना गर्दै प्रचण्ड पुत्रको निधन हुनु दुखद भएको बताएका हुन् । उनले प्रचण्डको छोरा आफ्नै छोरासरह भएको उल्लेख गरे।

 

एक प्रसङ्गमा उनले ‘सिद्धिन लागेका’ प्रचण्डलाई ५३ सिट जोगाइदिएको दाबी पनि गरे । उनले भने, ‘सिद्धिएका प्रचण्डलाई मैले ५३ सिटमा पुर्‍यादिएको छु। धाक लगाउने?’

 

प्रचण्डले जीवनमा कहिले पनि बहुमतको प्रधानमन्त्री बन्न नसकेको बरु आफ्नो सहयोगमा एकपटक प्रधानमन्त्री ओलीले दाबी गरे। भने, ‘कहिले बन्नुभयो उहाँ बहुमतको प्रधानमन्त्री? एकचोटि तमासा गर्दा पनि हामीले साथ दिए।’

 

प्रचण्डले जनतालाई नरभक्षी आन्दोलन गर्ने धम्की दिएर तर्साउन खोजेकोसमेत ओलीको आरोप रह्यो। ‘ननभेज भनेको चिकेन चिल्ली खान्छु भन्या होर यो त नरभक्षी आन्दोलन गर्छु भनेको हो नि।’

 

उनले प्रचण्डले क्यान्टोनमेन्टमा यताउता गरेको उल्लेख गरे ।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x