प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन चेतावनी
वि.सं.२०७७ फागुन १६ आइतवार
shares
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन चेतावनी दिएका छन् ।
प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अर्का अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीबाट हटाउनका लागि दौडधुप गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले पदबाट हटाउन खुला चुनौती दिएका हुन् ।
झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गदैै ओलीले आफूमाथि जनताको विश्वास भएकाले प्रधानमन्त्री पदबाट कसैले हटाउन नसक्ने दावी गरेका छन ।
कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुसँग भएको भेटवार्ताले प्रचण्ड–नेपाल निरास बनेको भन्दै लड्डु खाएर खुशियाली मनाउनुको कुनै अर्थ नभएको बताएका छन ।
प्रचण्ड–नेपाल भारतका लागि कम्फर्टेबल सरकार बनाउन चाहिरहेको भन्दै उनले देश विकास गर्ने भयो भनेर अतालिएको बताएका छन ।
आफूहरुले देशका लागि धेरै विकास गरिरहेको दावी गर्दै उनले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने बताएका छन ।
वि.सं.२०७७ फागुन १६ आइतवार २२:१२