बिहीबारको सेयर बजारमा हरियाली छाएको छ

Ghorahi cement

काठमाडौं । बिहीबारको सेयर बजारमा हरियाली छाएको छ । बुधबार ३९ अंकले घटेको बजार बिहीबार ९०.२७ अंकले बढेको छ ।

बुधबार घटेर २४१६ बिन्दुमा झरेको नेप्से बिहीबार बढेर २५०६.२८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.७४ प्रतिशतले बढी हो ।

 

नेप्से परिसूचकमा सुधार आएपनि कारोबार रकम भने घटेको छ । बुधबार ६ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार ६ अर्ब ५ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । बिहीबार २०६ कम्पनीको एक करोड ६६ लाख कित्ता सेयर किनबेच भएको छ ।

 

जसमध्ये सबैभन्दा बढी नेपाल इन्फ्राष्ट्रक्चर बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ५३ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ५५२ रुपैयाँमा भएको छ ।

 

त्यस्तै, बिहीबार अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । २०६ कम्पनीको सेयर कारोबार भएको बजारमा १२ कम्पनी बाहेक बाँकी १९४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।

 

मूल्य बढ्नेमध्ये पनि विभिन्न ६ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये चन्द्रागिरी हिल्स, सूर्योदय लघुवित्त वित्तीय संस्था र लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, चन्द्रागिरीको प्रतिकित्ता ६०५ रुपैयाँ, सूर्योदय लघुवित्तको प्रतिकित्ता १९३६ रुपैयाँ र लिवर्टी इनर्जीको प्रतिकित्ता २८६ रुपैयाँ पुगेको छ ।

 

त्यस्तै, किसान लघुवित्त वित्तीय संस्थाको ९.७९ प्रतिशत, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ९.७१ प्रतिशत र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.६७ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro