Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

चलचित्र ‘आँधी तुफान’ को सिक्वेल निर्माणको घोषणा

1.5K
shares

काठमाडौँ । १६ वर्ष पश्चात् चलचित्र ‘आँधी तुफान’ को सिक्वेल निर्माणको घोषणा भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै हत्यापछिको घटना अनुसन्धानका लागि परिचालित तीन युवतीको वरपर चलचित्रको कथा घुम्ने बताइएको छ ।

 

नारीप्रधान सस्पेन्स थ्रिलर कथामा बन्न लागेको चलचित्रलाई मदन घिमिरेले निर्देशन गर्दैछन् ।

 

चलचित्रका प्रस्तुतकर्ता तथा लेखक मौनता श्रेष्ठ हुन् । रामशरण उप्रेतिको छायाङ्कन रहने चलचित्रमा सुरेश अधिकारीको सङ्गीत रहनेछ ।

 

यो चलचित्रमा मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, सञ्जय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, आरती आचार्य, पुनम गौतम, सान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दिया ठकुरी, रमेश तामाङ, अरुण कालीराजको अभिनय रहनेछ ।

civil hospital
Hams Hospitals