Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

विप्लव’ लाई काठमाडौं ल्याउन सरकार हेलिकोप्टर ‘स्ट्याण्ड बाइ

1.6K
shares

काठमाडौं,  भूमिगत नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई काठमाडौं ल्याउन सरकार हेलिकोप्टर ‘स्ट्याण्ड बाई’ राखेको छ । विप्लवलाई काठमाडौं ल्याउन एक निजी कम्पनीको हेलिकोप्टर तयारी अवस्थामा रहेको एक उच्च स्रोतले जानकारी दिएको छ ।

 

दुई वर्षदेखि पूर्ण भूमिगत रहेका विप्लव कहाँ छन् भन्नेबारे भने कुनै कुरा खुलाइएको छैन । सरकार र विप्लव समूहबीच आज (बिहीबार) तीन बुँदे सहमति भएपछि विप्लव यहि २१ गते सार्वजनिक हुने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले भोलि राजधानीमा एक कार्यक्रमलाई संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

 

 

‘विप्लवलाई ल्याउन हेलिकोप्टर तयारी अवस्थामा छ । उनी कहाँ छन् थप जानकारी छैन । भोलि सबै कुरा खुल्ने छ’, स्रोतले भन्यो । विप्लव पछिल्लो दुई वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । तर, पार्टी निकट सञ्चार माध्यमहरुमा भने उनले अन्तर्वार्ता बेलाबेलामा आइरहेका छन् । विप्लव समूहमाथि ओली नेतृत्वको तत्कालीन सरकारले नै ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

 

आजको तीन बुँदे सहमति अनुसार विप्लव समूह हिंसाको राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा आउने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुने, कारागारमा रहेका सबै बन्दी रिहा हुने र उनीहरुमाथिको मुद्दा समेत खारेज हुने सहमतिमा सरकार र विप्लव समूहको वार्ता टोलीबीच हस्ताक्षर भएको छ ।

civil hospital
Hams Hospitals