एथलेटिक बिल्बाओ कोपा डेल रे को फाइनलमा
वि.सं.२०७७ फागुन २१ शुक्रवार
1.6K
shares
shares
Photo By: Athletic Bilbao's Spanish midfielder Raul Garcia gives a thumbs-up during the Spanish Copa del Rey (King's Cup) semi-final second leg football match between Levante UD and Athletic Club Bilbao at the Ciutat de Valencia stadium in Valencia on March 4, 2021. (Photo by JOSE JORDAN / AFP)
काठमाडौँ । एथलेटिक बिल्बाओ कोपा डेल रे को फाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा लेभान्टेलाई २-१ गोल अन्तरले पराजित गर्दै एथलेटिक बिल्बाओ समग्रमा ३-२ को नतिजा निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
यसअघि भएको पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो । एथलेटिक बिल्बाओको जितमा राउल गार्सिया र अलेजान्द्रो रेमिरोले एक एक गोल गएका थिए भने लेभान्टेका लागि रोजर मार्टिले एक गोल गरेका थिए ।
अब बिल्वाओले उपाधिका लागि बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले बुधबार राति सेभियालाई ३-२ ले हराउदै फाइनलमा स्थान बनाएको थियो । फाइनल १७ अप्रिलमा हुनेछ ।



























