नाडाको ४४ अौं वार्षिक साधारण सभा

930
shares
Shine resunga department bank

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलालले भन्सार शुल्क र अन्त शुल्कमा ५० पतिशत हुनु पर्ने बताएका छन् ।

 

नाडाको ४४ अौं वार्षिक साधारण सभामा अतिथिहरुलाई स्वागत गर्दै उनले अन्त र भनेसार शुल्कमा शुल्क महँगो भएकोले यसलाई ५० प्रतिशत घटाउनु पर्ने माग गरेका हुन् ।

 

 

उनले स्थानीय तहमा लिइने दोहोरो करको पनि अन्त्य गर्नु पर्ने, आय करमा छुट दिनु पर्ने पनि बताएका हुन् ।

 

कोरोना भाइरसको कारणले समस्यामा व्यवसायीहरुलाई पुनर्कर्जा र सहुलियतपूर्ण कर्जाले केही सहज भएको बताउँदै अझै धेरै विषयहरुमा समस्या नै रहेको बताए ।

 

‘अहिले विध्युतिय सवारी साधनमा महँगो कर छ, यसलाई घटाउनु छ, यसका लागि चार्जिङ स्टेसन बढाउनु पर्ने देखिन्छ,हामी राजश्व बढी तिर्ने क्षेत्र भए पनि कारले खासै चासो देखिँदैन, हामीलाई काम गर्ने सहज वातावरण हुनुपर्छ,’ उनले भने ।

 

यस्तै उनले आयल निगमले पेटोलिय पदार्थमा वातावरण प्रदुषण भनेर लिने कर त्यसमै मात्र प्रयोग हुनु पर्ने धारणा राखे ।

Can