इन्टर मिलानले पार्मालाई २-१ गोल अन्तरले पराजित

 

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले पार्मामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले पार्मालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

 

इन्टरमिलानको जितमा एलेक्सिस साञ्चेजले दुवै गोल गरेका थिए । साञ्चेजले खेलको ५४औं र ६२औं मिनेटमा गोल गरेका थिए । त्यस्तै पार्माका लागि एक गोल हेर्मानी जुनियरले फर्काएका थिए ।

 

यो जितपछि इन्टर मिलानले सिरी ए मा आफ्नो अग्रता बढाएको छ । शीर्ष स्थानमा रहेको इन्टर मिलान दोस्रो स्थानको एसी मिलानभन्दा ६ अंकले अगाडी भएको छ । इन्टरको २५ खेलमा ५९ अंक भएको छ । त्यस्तै एसी मिलानको २५ खेलमा ५३ अंक छ ।

 

त्यसैगरी तेस्रो स्थानमा रहेको युभेन्टसको २४ खेलमा ४९ अंक रहेको छ । यो हारपछि पार्माको २५ खेलमा १५ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro