अस्ट्रेलियाले न्यूजिल्याण्डसँगको पाँच खेलको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला बराबरीमा

वि.सं.२०७७ फागुन २१ शुक्रवार
shares

एजेन्सी । अस्ट्रेलियाले न्यूजिल्याण्डसँगको पाँच खेलको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला बराबरीमा पुर्याएको छ । चौथो खेलमा ५० रनले विजयी हुँदै अस्ट्रेलियाले खेल श्रृंखला बराबरीमा पुर्याएको हो ।
अब अन्तिम खेल जित्ने टिमले श्रृंखला जित्नेछ ।
चौथो खेलमा १ सय ५७ रनको लक्ष्य पाएको न्युजिल्यान्डलाई १९ औँ ओभरमा १ सय ६ रनमा अलआउट गर्दै अस्ट्रेलिया विजयी भएको हो ।
केली जिमिसनले सर्वाधिक ३० रन बनाएपनि टिमको जीतका लागि त्यो पर्याप्त भएन ।
अस्ट्रेलियाका केन रिचर्डसनले ३ तथा ग्लेन म्यासवेल, एडम जाम्पा र अस्टन अगरले दुई दुई विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५६ रन बनाएको थियो ।
अस्ट्रेलियाका कप्तान आरोन फिन्चले अविजित ७९ रन बनाए । उनले ५५ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । उनले अन्तिम ओभरमा मात्र २६ रन जोडेका थिए । फिन्चले ट्वेन्टी ट्वेन्टी क्रिकेटमा व्यक्तिगत एक सय छक्का पनि पूरा गरेका छन् ।
न्यूजिल्यान्डका इस सोधीले तीन तथा ट्रेन्ट बोल्टले दुई विकेट लिए ।