Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

मेयर-११ टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने

1.4K
shares

काठमाडौं । मेयर कप–२०७७ मा काठमाडौं मेयर-११ टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै शनिबारदेखि सुरु हुने प्रतियोगितामा काठमाडौं मेयर– ११ को कप्तानी सन्दिपले गर्ने जानकारी दिएको हो ।

 

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश र काठमाडौं मेयर-११ टिमले सिंगल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । मेयर ११ बाहेकका चार टिम गत माघमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका टिम हुन् ।

 

काठमाडौं मेयर ११ टिममा बागमती बाहेक अन्य ६ प्रदेशका खेलाडी छन् ।

 

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं मेयर ११ ले बाग्मती प्रदेशसँग मुलपानी त्रिकेट मैदानमा हुनेछ ।

 

लिगका शीर्ष दुई टोली फाइनल खेल्नेछन् । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

 

काठमाडौं मेयर ११ टिममा सन्दीप लामिछाने, सिद्धान्त लोहनी, कृष्ण कार्की, विवेक यादव, हरिशंकर शाह, अर्जुन कुमाल, विपिन खत्री,सन्दीप रजाली, सौरभ खनाल, बिक्रम भुषाल अनिल खरेल, रविन्द्रजंग शाही, विपिन रावल, अनुज चनारा, खड्कबहादुर बोहरा र नारायण जोशी छन् ।

civil hospital
Hams Hospitals