काठमाडौं मेयर एघार टिमले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा विजयी सुरु
वि.सं.२०७७ फागुन २३ आइतवार
shares
काठमाडौं । काठमाडौं मेयर एघार टिमले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । काठमाडौंले आइतबार, बागमती प्रदेशलाई ९४ रनले हराएको हो ।
मुलपानीमा भएको खेलमा २४५ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश टिमलाई ३४.३ ओभरमा १५० रनमा अलआउट गर्दै काठमाडौंले फराकिलो जित निकालेको हो ।
बागमतीका लागि पृथु बास्कोटाले ६० रन बनाएपनि टिमलाई जिताउन सकेनन् । कप्तान ज्ञानेन्द्र मल्ल र इशान पाण्डेले १७–१७ आदिल खानले १५ र पारस खड्काले १० रन बनाए । मेयर टिमका सन्दीप लामिछानेले तीन तथा अनिल खरेल र विपिन खत्रीले २–२ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं मेयर ११ टिमले ५० ओभरमा ९ विकेटको क्षतिमा २४४ रन बनाएको थियो ।
काठमाडौंका लागि नवौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान सन्दीप लामिछानेले २० बलमा ६ छक्कासहित ४२ रन बनाए ।
सौरभ खनाल ४९ रनमा अविजित रहे भने सन्दीप रजालीले ३३, सिद्धान्त लोहनीले ३४ र विपिन खत्रीले ३२ रन बनाए ।
बलिङतर्फ नन्दन यादवले चार, रामनरेश गिरी र आरियो पौडेलले समान २–२ विकेट लिए ।
यो बागमती प्रदेशको लगातार दोस्रो हार हो ।