त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयरर्स कप क्रिकेट प्रतियोगितामा पहिलो जित

732
shares
Shine resunga department bank

काठमाडौं । त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयरर्स कप क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

 

कीर्तिपुरमा सोमबार भएको खेलमा काठमाडौं मेयर–११ टिमलाई लाई ५ विकेटले हराउँदै आर्मीले पहिलो जित हात पारेको हो ।

 

१ सय ५६ रनको लक्ष्य आर्मीले मात्र २३ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टाएको छ । आर्मीको जितमा प्लेयर अफ दी म्याच सोमपाल कामीले ८० रन बनाए । उनले ५१ बलमा ९ चौका र ६ छक्का प्रहार गरे ।

 

आर्मीका लागि कुशल मल्लले २३ र भीम सार्कीले १६ रन बनाए । कप्तान विनोद भण्डारी २० रनमा अविजित रहे । काठमाडौंका सन्दीप लामिछाने र विपिन खत्रीले २–२ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२ ओभर १ बलमा १ सय ५५ रन बनाएको थियो ।

 

काठमाडौंका लागि सौरभ खनालले ४२, सन्दीप रजालीले ३७, खडक बोहराले १९, हरिशंकर साहले १८ र कप्तान सन्दीप लामिछाने १३ रन बनाए ।

 

आर्मीका साहब आलमले ४, जितेन्द्र मुखियाले ३ तथा सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लले १–१ विकेट लिए ।

 

आर्मी पहिलो खेलमा एपीएफसँग १ विकेटले पराजित भएको थियो । भने काठमाडौंले पहिलो खेलमा बागमती प्रदेशलाई ९४ रनले हराएको थियो ।