आज राति स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले प्रतिस्पर्धा

Ghorahi cement

च्याम्पियन्स लिग अन्तर्गत आज (बुधबार) स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले प्रतिस्पर्धा गर्दैछन् ।

 

खेल पिएसजीको मैदानमा राति १ः४५ बजे हुने छ । बार्सिलोनाको लागि जित निकाल्न निकै कठिन देखिन्छ ।

 

यसअघि पहिलो लेगमा बार्सिलोना आफ्नै मैदान क्याम्प नोउमा ४-१ गोलले पराजित हुन पुगेको थियो । यता बार्सिलोनालाई डिफेन्डर पिकेको अनुपस्थिती हुँदा पिएसजीमा नेमारको पनि कमि हुनेछ ।

 

चोटको कारण नेयमारले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बार्सिलोनासँगको दोस्रो लेग खेल गुमाउने भएका हुन् । चोटको कारण नेयमारले बार्सिलोनासँगको पहिलो लेग खेल समेत गुमाएका थिए ।

Shangri-la Development Bank Ltd.
Nepali patro