कुमारी ईक्वीटी फण्डमा मागभन्दा बढी आवेदन

1.1K
shares
national life insurances

काठमाडौं । कुमारी ईक्वीटी फण्डमा मागभन्दा ३५ प्रतिशत बढी आवेदन परेको छ । फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म निष्काशन भएको उक्त फण्डमा माग भन्दा बढी आवेदन परेको क्यापिटलले जनाएको छ ।

 

संस्थाले प्रतिइकाई मूल्य १० रुपैयाँ अंकित दरको ८ करोड इकाईहरु निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

 

मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले लगानीकर्ताले देखाएका विश्वसनियतालाई आगामी दिनहरुमा कायम राख्दै अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

Hams Hospitals
Machhapuchhre Bank Limited