कार्यालयमा भएको तोडफोडलाई गुण्डागर्दी रअराजकताको संज्ञा:भिम रावल
वि.सं.२०७७ फागुन २६ बुधवार
shares
काठमाडौं – सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक भीम रावलले प्रदेश कार्यालयमा भएको तोडफोडलाई गुण्डागर्दी रअराजकताको संज्ञा दिँदै घटनामा संलग्नहरूलाई कारबाही नगरिएमा प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् ।
बुधबार राजधानीमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले घटनामा संलग्नहरूलाई कारबाही र उक्त घटना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने बताए।
उनले घटनाको बारेमा गृह प्रशासन र पार्टी नेतृत्व पङ्क्तिलाई पनि जानकारी गराइसकेको बताए। उनले गुण्डागर्दी, अराजकता र मनपरितन्त्र गर्ने हो भने आफूहरुले पनि सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
उनले भने, ‘अदालतको फैसलाअनुसार मैले नै नेकपा एमालेको साइनबोर्ड राख्न निर्देशन दिएको थिए । सोहीअनुसार राखिएको थियो । तर आज यस्ता घटना भएको सुन्दा देख्दा म अचम्मै परेँ । अत्यन्तै षड्यन्त्रमूलक, गुण्डागर्दी शैली हो । म यसको घोर भत्सर्ना गर्छु । कानूनी कारबाही गर्नुपर्छ । कारबाही गरिएन भने सरकार संरक्षित गुण्डागर्दी हो भनेर बुझ्नुपर्छ ।’
वि.सं.२०७७ फागुन २६ बुधवार १९:३४