एपीएफ क्लबले प्रधानमन्त्री कप महिला भलिवलको उपाधी

618
shares
Shine resunga department bank

काठमाडाैं । सशस्त्र प्रहरीकाे एपीएफ क्लबले प्रधानमन्त्री कप महिला भलिवलको उपाधी हातपारेको छ । लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३-० काे सोझोमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।

 

नेपालगंज रंगशालाको कभर्डहलमा भएको लिगको अन्तिम खेल फाइनल सरह थियो । तीनै सेटमा सुरुवातमा अग्रता लिएपनि पुलिसले जोगाउन नसक्दा एपीएपले उपाधि हात पार्याे । एपिएफले पहिलो सेट २५–२२ ले, दाेश्राे सेट २५–२१ ले तेश्राे सेट एपीएफले २५–१९ ले जित्दै उपाधि उचाल्यो ।

 

च्याम्पियन एपीएफले पाँच लाख र पुलिसले दुई लाख पुरस्कार प्राप्त गरे । लिगमा न्यु डाइमन्ड एकेडेमी तेस्रो,त्रिभुवन आर्मी क्लब चौथो । लुम्बिनी युनाइटेड पाँचौ स्थानमा रह्यो ।