बार्सिलोनालाई हराउदै पीएसजी क्वाटरफाइनलमा
वि.सं.२०७७ फागुन २७ बिहीवार
shares
स्पेनिस महारथि बार्सिलोना लगातार छैटौं सिजन युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट आउट भएको छ ।
यसपटक उसलाई फ्रेन्च क्लब पिएसजीले अन्तिम १६ बाटै अर्को खराब नतिजाको सिकार बनाउँदै घरको बाटो देखाइदिएको हो । बार्सिलोना पिएसजीसँग समग्रमा ५-२ को हार भोग्दै प्रतियोगिताबाट आउट भएको हो ।यता , पिएसजी भने लिओनल मेस्सीको टिममाथि समग्रमा प्रभावशाली जितका साथ प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीबार बिहान पिएसजीको घरेलु मैदानमा भएको दोस्रो लेगको खेल १-१ को बराबरीमा सकियो । तर , यसअघि बार्सिलोनालाई उसकै घरेलु मैदानमा १-४ को फराकिलो अन्तरमा हराएकाले पिएसजीले सोही जितको मदतमा एग्रीगेटमा ५-२ को राम्रो नतिजाका साथ अर्को चरण पुग्दा बार्सिलोना भने लगातार छैटौं वर्ष यस प्रतियोगिताबाट पीडादायी हार भोग्दै आउट हुन पुग्यो ।
दोस्रो लेगमा बार्सिलोनाले पिएसजीको घरमा उत्कृष्ट प्रदर्शन गरे पनि समयमै आवश्यक गोल गर्न नसक्दा उसले प्रतियोगिता गुमायो । बार्सिलोनाका कप्तान लिओनल मेस्सीले दोस्रो लेगमा निकै महत्वपूर्ण समयको पेनाल्टी गुमाएका थिए । पिएसजीको घरेलु मैदानमा खेलको पहिलो हाफ को बराबरीमा सकिएको थियो । खेलमा पहिला घरेलु टोली पिएसजीले अग्रता लिएको थियो । खेलको ३० औं मिनेटमा केलिएन एमबाप्पेले पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
बक्समा बार्सिलोनाका डिफेन्डर क्लेमेट लेडलेटले माउरो इकार्डीमाथि फउल गरेपछि रेफ्रीले भिएआरमार्फत् रिभ्यु गरिकन पिएसजीलाई पेनाल्टीको अवसर दिएका थिए , जसमा एमबाप्पेले कुनै गल्ती नगरी बललाई जाली चुमाए । पेनाल्टी गोल खाएपछि बार्सिलोना चाँडो गरी खेलमा फर्कियो ।३७ औं मिनेटमा कप्तान लिओनल मेस्सीले बक्स बाहिरबाट बुलेट सटमा दर्शनीय गोल गर्दै खेल १ १ को बराबरी बनाए । पेड्रीको पासमा मेस्सीले बार च्यापेर हानेको कडा प्रहार रोक्न पिएसजीका गोलकिपर केलर नाभासले सक्दो प्रयास गरे पनि सकेनन् ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाले पेनाल्टी पायो । तर , महत्त्वपूर्ण गोल हुन पेनाल्टीमा कप्तान मेस्सी चुके । उनको पेनाल्टी प्रहार नाभासले रोकेर ठूलो झट्का दिए । खेलमा फर्किन ज्यादै महत्त्वपूर्ण पेनाल्टी मेस्सीले मिस गरेपछि पहिलो हाफ १-१मा सकियो । पहिलो हाफमा बार्सिलोनाले पिएसजीमाथि पूर्ण दबाब बनाएर खेल्यो । पिएसजीलाई बार्सिलोनाको आक्रमण रोक्न नै भाइनभ्याई भयो । पहिलो हाफमा बार्सिलोनाका उसामान डेम्बेलेले दुई सहज मौका खेर फाल्दा कप्तान मेस्सी पनि एक निकै सहज अवसरमा चुकेका थिए ।
पहिलो हाफमा बार्सिलोनाले कूल १३ सट हान्दा ९ सट अन टार्गेट हाने पनि भन्दा बढी गोल निकाल्न सकेन । पहिलो हाफमा बार्सिलोनाले ७३ प्रतिशत बल आफ्नो पकडमा राखेको थियो । त्यसपछि दोस्रो हाफमा दुवै तर्फबाट कुनै थप गोल नभएपछि खेल १-१ को बराबरीमा सकियो । र , पिएसजीले समग्रमा ५-२ को प्रभावशाली जित निकाल्यो ।
वि.सं.२०७७ फागुन २७ बिहीवार ०७:२९