ओली गुटले बढुवा गरेका माओवादी मन्त्रीलाई पार्टीले फिर्ता किन बोलायो ?
वि.सं.२०७७ फागुन २९ शनिवार
shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीमा स्वागत गरेका नेकपा माओवादी केन्द्रका नेताहरुलाई माओबादी केन्द्रले मन्त्रीपरिषदबाट फिर्ता बोलाएको छ ।
माओबादी केन्द्रबाठ मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा (बादल),ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।
शनिबार पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । एमालेको ओली गुटलेले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेको थियो ।
बैठकले आगामी चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णयसमेत गरेको छ । बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न आइतबार माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ ।
वि.सं.२०७७ फागुन २९ शनिवार १४:४०