आजको मौसम चट्याङसहित वर्षाको सम्भावना

741
shares
Shine resunga department bank

काठमाडौं, आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहेको छ ।

 

यसैगरी, आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहनेछ । यस्तै, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक/दुइ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

त्यसैगरी, देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहने छ । त्यस्तै, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक/दुइ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Can