सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सांसद मनोनीत

वि.सं.२०७७ चैत ३ मंगलवार
837
shares
shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनित गरेको छ ।
सभामुखका अनुपस्थितिमा डा. डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो ।