प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन
![Singhadurbar News Singhadurbar News](https://singhadurbarnews.com/wp-content/themes/singhdurbarnews_theme/images/icon.jpg)
वि.सं.२०७७ चैत ५ बिहीवार
shares
![image image](https://singhadurbarnews.com/wp-content/uploads/2021/03/oli.jpg)
काठमाडौं, नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय बोर्ड गठन गरेको छ । बोर्डमा माधव नेपाल र झलनाथ खनाल पनि मनोनीत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।
बोर्डको प्रमुखमा दलका नेता ओली छन् । सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनीत भएका छन् ।
दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक बोर्डमा पदेन सदस्य रहने व्यवस्था रहेको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।
बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई छन् ।