नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने
वि.सं.२०७७ चैत ८ आइतवार
861
shares
shares
काठमाडौं, नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बोर्ड गठन भएपछि पहिलोपटक बसेको बैठकले गुटगत गतिविधिमा संलग्नलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
५ चैतमा बोर्ड गठन भएको थियो । बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ ।