रियल साेसिडाड बार्सिलोनासंग पराजित

वि.सं.२०७७ चैत ९ सोमवार
shares

स्पेनिस ला लिगामा रियल सोसिडाड बार्सिलोनासंग ६–१ गाेल अन्तरले पराजित भएको छ । क्लबका लागि सर्वाधिक खेल खेल्ने ज्याभीको कीर्तिमानलाई भंग गर्दै ३३ वर्षीय अर्जेन्टिनी फरवार्ड लियाेनल मेसीकाे क्लबका लागि यो ७६८ औँ खेल थियो ।
एन्टोनी ग्रिजमानले बार्सिलोनाका लागि सुरुवाती गोल गरे भने सर्जिन्हो डेस्टले दुई गोल गरे । त्यस्तै ओसमान डेम्बेलेले पनि एक गोल थपे ।
मेस्सीले यो सिजन २३ गोल गर्न सफल भएका छन् । बार्साका रेकर्ड गोलस्कोररले क्लबका लागि ६६३ गोल गरेका छन् । ला लिगामा उनले सर्वाधिक ४६७ गोल गरेका छन् । जीतसँगै रियल म्याड्रिडलाई उछिन्दै बार्सिलोना पुनः दोस्रो स्थानमा उक्लिएको छ ।
आइतबार भएको खेलमा एथ्लेटिको म्याड्रिडले आलाभेसलाई पराजित गर्दै शीर्ष स्थानमा ४ अंकको अग्रता कायम राखेको छ । एथ्लेटिकोको जीतमा लुइस सुवारेजले एक मात्र निर्णायक गोल गरे । सुवारेजको यो करियरको ५ सयौँ गोल थियो । खेलको अन्त्यतिर जान ओबलाकले पेनाल्टी पनि जोगाएका थिए ।