वडाध्यक्षले ल्याए धुवाँ मुक्त अभियान

1K
shares
national life insurances
Nabil bank

 

पर्सा,पर्साको कालिकामाई गाउँपालिका वडा न. ५ का वडाध्यक्ष पवन तिवारीले धुवाँ मुक्त अभियान सुरु गरेका छन । खाना पकाउदा भान्साकोठामा हुने धुवाँबाट बच्नका लागी यो अभियान सुरु गरिएको वडाध्यक्ष पवन तिवारीले बताए । ’’

भान्सा कोठामा हुने धुवाँका कारण स्थानिय जनस्वास्थ्य असर नपरोस भन्ने उद्ददेश्यले सो अभियान संचालन गरिएको हो ’’, उनले बताए ।

यस अघि पनी भान्साको धुवाँ हटाउनका लागि हरेक वर्ष वडावासिलाई ग्यास सिलिन्डर र फलामे चुलो बाड्दै आएको समेत उनले बताए । यसै क्रममा अध्यक्ष तिवारीले सोमबार पनि वडाका ६६ परिवारहरुलाई ग्यास सिलिन्डर,चुलो,रेगुलेटर र लाइटर वितरण गर्नु भएको हो। वडा स्थित सेमरा गाउँका ६६ घरपरिवारलाई उक्त सामग्री वितरण गरिएको छ।

माटोको चुलो प्रयोग गर्दै आएका स्थानियहरुले ग्यास सिलिन्डर प्रयोग गर्न पाउदा खुशी महसुस गरेका छन्। स्थानिय बबिता देवीले ,’’ अब दाउराको अभावमा हुने तनावबाट मुक्त हुन पाउदा खुसी व्यक्त गरेकी छिन ।

 

सो गाउँकै निवासी ५६ वर्षिया सान्झारी देवीले पनि धुवाबाट हुने स्वासप्रस्वास सम्बन्धी रोग लाग्नबाट बच्नुको साथै दाउरा माथी निर्भरता हटेकोमा वडाध्यक्ष तिवारीलाई धन्यवाद दिएकी छिन । ’’ बिगत सम्झदै उनले भनिन, दाउरामा खाना पकाउन धेरै दुख थियो । आगो फुकिरहनु पर्ने झन्झट थियो । अहिले त दाउरा पनि पाउन गाह्रो छ । हामीले गोबर र पराल मिसाएर बनाएको गैठि बाल्दै आएका छौ । त्यसको धुवाँले आखाँ पनि पोल्छ । अबत्यो दिन फेरी भोग्नु नपर्ने भएकोमा खुसि छु । ’’ उनले भनिन् ।

 

सिलिन्डर र चुलो वितरण संगै सडक ढलान भएदेखि सडकको धुलो पनि कम भएको स्थानियाहरुको भनाई छ। स्थानियहरुका अनुसार सडक देखि भान्सा सम्म नै वडा अध्यक्षको ध्यान गएको छ। आगामी दिनहरुमा यस्तै विकासको नमुना हेर्न पाउने अपेक्षा स्थानियवासीले राखेका छन्।

तराई क्षेत्रमा अहिले पनि जनसंख्याको ठुलो संख्या गैठि, दाउराकै भरमा बाचेका छन। त्यसबाट स्वास्थ्य पर्ने असर बारे कति अनविज्ञ छन भने कतिलाई थाहा भएपनी गैठि, दाउराको प्रयोग गर्न बाध्यता छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited