फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि
वि.सं.२०७७ चैत ११ बुधवार
1.1K
shares
shares
काठमाडौं, फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिएका छन ।
चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने उनले बताएका छन ।
‘निमोनिया, खोकी लगायत लक्षण देखिएको छ । इम्युनिटी बन्नुअघि संक्रमण भएछ,’ निर्देशक भण्डारीले भने, ‘खोप लगाउनासाथ इम्युनिटी बन्दैन । कम्तिमा १ महिना लाग्छ । त्यसैले सचेत हौं ।’
सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १/२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो ।
अहिले ४ जना संक्रमित आईसीयूमा र ६ जना वार्डमा छन् ।































