बाइक र गाडीको आयात बढ्यो

1.3K
shares
Nabil bank

काठमाडौं । पोहोर फागुन सुरुदेखि नै कोरोना संक्रमणको त्रास बढ्दा बिस्तार आर्थिक गतिविधिमा मन्दी छाएको थियो।

अटोमोबिल व्यवसायीहरूले विभिन्न कम्पनीका गाडी झिकाए, ग्राहकको माग नै घट्यो।

 

कोरोनाले निम्त्याएको संकटलाई ध्यानमा राख्दै सरकारले धेरै विदेशी मुद्रा बाहिरिने सवारीको आयातमा पनि कडाइ ग¥यो।

 

अर्डर नै नभएपछि त्यसबेला उनीहरूले भन्सारमा आइपुगेका गाडी छुटाएका थिएनन् । त्यसबेला वीरगन्ज भन्सारको यार्ड गाडीले भरिएको थियो। लकडाउन हट्यो।

 

त्रासकै बीच जनजीवन सामान्यतर्फ फर्किंदा मास्क लगाउनु र साबुनपानीले हात धुनु स्वास्थ्य सुरक्षाका लागि जति जरुरी भयो, त्यो जतिकै ध्यान दिनैपर्ने बन्यो – सामाजिक दूरी कायम गर्नु, भीड नगर्नु ।

यसको सोझो असर सवारीको बजारमा प¥यो। धेरैलाई निजी सवारी लिनैपर्ने बाध्यता आइलाग्यो। साधन खरिद गर्न चाहनेका लागि सम्बद्ध कार्यालय र बैंक तथा वित्तीय संस्था पनि कर्जा दिन सहज भए । यो समाचार आजको कान्तिपुर दैनिकमा विमल खतिवडा र नुमा थाम्सुहाङले लेखेका छन् ।

 

 

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited