वोर्स्टरशायर र्यापिड्स टिमबाट भिटालिटी ब्लास्ट टी-२० प्रतियोगिता खेल्दै सन्दिप
वि.सं.२०७७ चैत १२ बिहीवार
1.1K
shares
shares
नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने इंग्ल्याण्डको भिटालिटी ब्लास्ट खेल्ने भएका छन् ।
उनले वोर्स्टरशायर र्यापिड्स टिमबाट भिटालिटी ब्लास्ट टी-२० प्रतियोगिता खेल्ने भएका हुन् ।
वोस्र्टरशायरले गएराति सन्दीपलाई आफ्नो टिमबाट अनुबन्ध भएको जानकारी दिएको हो । उनी पहिलो पटक यो टिममा अनुबन्ध भएका हुन् ।
भिटालीटी ब्लास्ट आउँदो ९ जुनदेखि सुरू हुँदैछ । सन्दीप आवद्ध वोस्र्टरशायरले आफ्नो पहिलो म्याच ९ जुनमै खेल्ने छ ।




























