ट्राइ नेशन्स टी-२० सिरिज बैशाखकाे पहिलाे साताबाट नेपालमा

वि.सं.२०७७ चैत १४ शनिवार
shares

ट्राइ नेशन्स टी-२० सिरिज बैशाखकाे पहिलाे साताबाट नेपालमा हुने भएको छ । याे प्रतियोगिता वैशाख चार गतेबाट सुरु हुने पक्का भएको हाे ।
प्रतियाेगितामा नेपाल, मलेसिया र नेदरल्याण्ड्स सम्मिलित अन्तराष्ट्रिय टी २० सिरिज कीर्तिपुर मैदानमा हुनेछ।
नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ती जारी गर्दै यो प्रतियोगिता बैशाख चार गतेबाट ११ गतेसम्म हुने बताएको छ । प्रतियोतिगाको नाम बजाज पल्सर ट्राइ नेशन्स सिरिज रहेकाे छ । प्रतियोगिताको मुख्य प्रायोजक बजाज र प्रायाेजक सिभम सिमेन्ट रहेकाे छ ।
डबल राउण्डरोविनका आधारमा हुने प्रतियोगिताका शिर्ष दुई टिमले फाइनल खेल्नेछन । प्रतियोगिताको लागि खेलाडी र अफिसियललाई बायो सेक्युयर बबलमा राखिने छ,भने पीसीआरको परिक्षण गरिने छ ।
नेपालले खेल्ने भनिएको आइसीसी विश्व क्रिकेट लिग टु स्थगित भएपछि क्यानले यो प्रतियोगिता गर्न लागेको हो । यो प्रतियोगिताका लागि मलेसिया र नेदरल्याण्ड्स करिव एक साता अगाडी नै नेपाल आउने संभावना रहेको छ ।
नेपाल सरकारको नियम अनुसार तीन दिन अगाडी आएर पीसीआर परिक्षण गर्नुपर्ने भएपछि टिम आएर प्रशिक्षण गर्नुपर्ने भएकाले एक साता अगाडी आउने संभावना रहेको बताइएको छ ।
यसका साथै नेपाली टिमले पनि अर्को साताबाट प्रशिक्षण सुरु गर्नेछ । यसका लागि क्यानले शनिबार बैठक बोलाएको छ । प्रतियोगितामा सहभागि सबै खेलाडी र अफिसियललाई प्रतियोगिता अवधिभर बायो बबलमा राखिने छ ।
यस्तै मैदानमा दर्शकको प्रवेशका विषयमा नेपाल सरकारसँग समन्वय भइरहेको र यदि सरकारले अनुमती दिएको खण्डमा दर्शकलाई राखिने र निषेध गरेमा विना दर्शक प्रतियोगिता गरिने भएको छ ।