त्रिदेशीय कप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीचकाे अन्तिम खेल आज हुँदै
वि.सं.२०७७ चैत १४ शनिवार
shares
Photo By: National football team players jog during a training session at the ANFA Complex in Lalitpur on Sunday, October 16, 2016. The team is preparing for the AFC Solidarity Cup to be held in Malaysia in November. Photo courtesy: ANFA
त्रिदेशीय कप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीचकाे खेल आज हुँदैछ ।
तिन देश नेपाल बंगलादेश र किर्गिस्तान यू-२३ टिम सम्मिलित प्रतियोगितामा बंगलादेश यसअघि नै फाइनल पुगिसकेको छ।
नेपालले भने फाइनलकाे यात्रा तय गर्नकाे लागि बंगलादेशसंग बराबरी खेले पर्याप्त हुनेछ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो । नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेपछि बंगलादेश एक खेलअघि फाइनल पुगेको हो।
नेपाल र बंगलादेशबीचको खेलपछि नै फाइनल समीकरण तय हुनेछ । नेपालले सोमबार हुने फाइनलमा स्थान बनाउन कम्तीमा हार टार्नु पर्नेछ ।
पहिलो खेलमा किगिर्स्तानसँग बराबरीमा रोकिएपछि नेपालमा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्ध अंक जोड्दै फाइनल पुग्ने लक्ष्य रहेको बताएका थिए ।
नेपालकाे सम्पुर्ण पक्ष सुधार्दै बंगलादेशविरुद्ध मैदानमा उत्रिने समेत महर्जनले बताए । नेपाललाई भने बदला लिने राम्रो अवसर पनि रहेकाे छ।
गत नोभेम्बरमा नेपालले बंगलादेशसँग उसैको मैदानमा दुई खेलको मैत्रीपूर्ण सिरिज खेलेको थियो । जसमा नेपाल पहिलो खेलमा २-० ले पराजित भएको थियो ,भने दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।
बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई हराइकसको र फाइनलमा पनि स्थान पक्का गरिसकेकोले मनोबल उच्च छ । किर्गिस्तानलाई हराएपछि बंगलादेशका प्रशिक्षक जेम्स डे ले नेपालको पहिलो खेल हेरेर त्यस अनुसार रणनीति बनाएर खेल्ने बताएका थिए । फाइनलमा स्थान पक्का गरिसकेकोले बंगलादेशलाई नेपालसंग खेल्दा कुनै दबाब हुने छैन ।
उता किर्गिस्तानको पनि फाइनल पुग्ने सम्भावना अझै सकिएको छैन । किर्गिस्तान नेपाल र बंगलादेशको खेलको नतिजाको पर्खाइमा छ । किर्गिस्तानका प्रशिक्षक झोल्डोसोभ नुर्बेकले नेपाल र बंगलादेशबीचको खेलमा न्यायपूर्ण नतिजा आउने आशा राखेका छन् ।
बंगलादेश र नेपालबीच अहिलेसम्म २१ खेल भएको छ । जसमा बंगलादेश १३ खेलमा विजयी हुँदा नेपालले ६ खेल जितेको छ ।२ खेल भने बराबरीमा सकिएको थियो ।





























