Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

एभरेस्ट प्रिमियर लिगमा एबी डि भिलियर्स

2.1K
shares

दक्षिण अफ्रिकाका पुर्व कप्तान क्रिकेटर एबी डि भिलियर्स आगामी संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

आयोजक एभरेस्ट प्रिमियर लिगका प्रबन्ध निर्देशक आमिर अख्तरले यसको पुष्टि गरेका छन् ।

हामीले गत संस्करणको ईपीएलमा पनि डिभिलियर्सलाई खेलाउन प्रयास गरेको भए पनि कुरा मिलेको थिएन । यस पटक धेरै हद सम्म कुरा मिलेको छ । यस पटकको ईपीएलमा हामीले डिभिलियर्सको ब्याटबाट चौका र छक्काको बर्षा देख्ने छौं ।’ अख्तरले भने ।

 

डिभिलियर्स कुन टिमबाट प्रतियोगिता खेल्ने छन्, भन्ने थाहा नभई सकेकाे समेत जानकारी दिए ।

 

‘हाम्रो ईपीएल आयोजना गर्नुको मुख्य लक्ष्य भनेको नै नेपाली क्रिकेटको स्तर बढाउनुको साथै नेपाली क्रिकेटलाई विश्व सम्म पुर्याउनु हो । यसका लागि हामी चर्चित खेलाडीहरुलाई ईपीएल खेलाउन प्रयासरत छौं । क्रिस गेल गत सिजन नै आउने पक्का भएको थियो । यो सिजन पनि उनि आउने निश्चित नै छ । हामी अझै पनि चर्चित अनुहारलाई यस पटक टियु क्रिकेट मैदानमा उतार्न प्रयासरत रहेका छौँ ।’

तर आमिरले संकेत गर्दै ललितपुर प्याट्रियट्स डिभिलियर्सलाई आफ्नो क्लबमा आबद्ध गर्न लागिपरेको जनाए ।

यस बारेमा बुझ्दा ललितपुरका मालिक किशोर महर्जनले पनि डिभिलियर्सको लागि प्रयासरत रहेको जानकारी दिए ।

‘एबी डि भिलियर्स यस्ता खेलाडी हुन् जसलाई जुन कुनै टोलीले आफ्नो टोलीमा आबद्ध गर्न चाहन्छ ।

महर्जनले उनी र उनको एजेन्टसँग कुरा चलेको भए पनि ललितपुरबाट नै खेल्ने भन्ने बारेमा केहि निर्णय दिइनसकेको पनि जनाए ।

civil hospital
Hams Hospitals