एभरेस्ट प्रिमियर लिगमा एबी डि भिलियर्स

1.7K
shares
Shine resunga department bank

दक्षिण अफ्रिकाका पुर्व कप्तान क्रिकेटर एबी डि भिलियर्स आगामी संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

आयोजक एभरेस्ट प्रिमियर लिगका प्रबन्ध निर्देशक आमिर अख्तरले यसको पुष्टि गरेका छन् ।

हामीले गत संस्करणको ईपीएलमा पनि डिभिलियर्सलाई खेलाउन प्रयास गरेको भए पनि कुरा मिलेको थिएन । यस पटक धेरै हद सम्म कुरा मिलेको छ । यस पटकको ईपीएलमा हामीले डिभिलियर्सको ब्याटबाट चौका र छक्काको बर्षा देख्ने छौं ।’ अख्तरले भने ।

 

डिभिलियर्स कुन टिमबाट प्रतियोगिता खेल्ने छन्, भन्ने थाहा नभई सकेकाे समेत जानकारी दिए ।

 

‘हाम्रो ईपीएल आयोजना गर्नुको मुख्य लक्ष्य भनेको नै नेपाली क्रिकेटको स्तर बढाउनुको साथै नेपाली क्रिकेटलाई विश्व सम्म पुर्याउनु हो । यसका लागि हामी चर्चित खेलाडीहरुलाई ईपीएल खेलाउन प्रयासरत छौं । क्रिस गेल गत सिजन नै आउने पक्का भएको थियो । यो सिजन पनि उनि आउने निश्चित नै छ । हामी अझै पनि चर्चित अनुहारलाई यस पटक टियु क्रिकेट मैदानमा उतार्न प्रयासरत रहेका छौँ ।’

तर आमिरले संकेत गर्दै ललितपुर प्याट्रियट्स डिभिलियर्सलाई आफ्नो क्लबमा आबद्ध गर्न लागिपरेको जनाए ।

यस बारेमा बुझ्दा ललितपुरका मालिक किशोर महर्जनले पनि डिभिलियर्सको लागि प्रयासरत रहेको जानकारी दिए ।

‘एबी डि भिलियर्स यस्ता खेलाडी हुन् जसलाई जुन कुनै टोलीले आफ्नो टोलीमा आबद्ध गर्न चाहन्छ ।

महर्जनले उनी र उनको एजेन्टसँग कुरा चलेको भए पनि ललितपुरबाट नै खेल्ने भन्ने बारेमा केहि निर्णय दिइनसकेको पनि जनाए ।

Sharestha treating