त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई

885
shares
Shine resunga department bank

त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ। फाइनल खेलमा नेपालले बंगलादेशलाई २- १ गोल अन्तरले हराउदै उपाधि जितेको हाे ।

१८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरे ।

त्रिदेशीय फुटबलको लिग चरणका दुबै खेलमा गोल गर्न नसकेको नेपालले यो १८ महिनापछि पहिलाे पटक गाेल गरेकाे हाे ।

 

पछिल्लाे पटक सन् २०१९ काे सेप्टेम्बरमा भएकाे विश्वकप छनाेटमा अञ्जन विष्टले चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए । त्यस्तै नेपालकाे लागि विराज महर्जनकाे अन्तिम अन्तर्राष्ट्रिय खेल हाे । यस अघि नै उनले अन्तर्राष्ट्रिय खेलबाट सन्यासकाे घोषणा गरेका थिए ।

Can