अष्ट्रेलियाका तिन खेलाडी आईपिएल बाहिर

948
shares

एजेन्सी – अष्ट्रेलियाका तीन स्टार खेलाडीले आगामी संस्करणको इन्डियन प्रिमियर लिगमा (आइपिएल) सहभागिता नजनाउने भएका छन् । तीव्र गतिका बलर जोश हेजलवुड, अलराउन्डर मिचेल मार्श र युवा विकेटकिपर ब्याट्सम्यान जोश फिलिपेले आइपिएलबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

 

हेजलवुड चेन्नई सुपर किंग्स, मार्श सनराइजर्स हैदराबाद र फिलिपे रोयल च्यालेन्जर्स बेंगलोरमा अनुबन्ध थिए । फिलिपेले अघिल्लो महिनानै नाम फिर्ता लिई सकेका थिए । तीनै खेलाडीले ब्यक्तिगत कारण देखाउँदै आफ्नो नाम फिर्ता लिएका हुन् । विशेष गरेर आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने टि२० विश्वकपलाई केन्द्रित गर्दै नाम फिर्ता लिएको अनुमान गरिएको छ ।

 

 

फिलिपेले गतवर्ष बेंगलोरबाट डेब्यू गर्दै ५ खेल खेलेका थिए । फिलिपेलाई बंगलोरले २० लाख भारुमा किनेको थियो । विराट कोहली कप्तान रहेको बेंगलोरले फिलिपेको स्थानमा न्युजिल्यान्डका युवा विकेटकिपर फिन एलेनलाई टोलीमा अनुबन्ध गरि सकेको छ । त्यस्तै मिचेल मार्शको स्थानमा सनराइजर्स हैदराबादले इंग्ल्यान्डका स्टार ओपनर जेसन रोयलाई अनुबन्ध गरेको छ । रोयले अक्सनमा न्यूनतम २ करोड भारु तोकेपनि अनसोल्ड हुन पुगेका थिए । यसै साता सम्पन्न भारतविरुद्ध पाँच टि २० आई र तीन ओडिआई सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका रोयलाई हैदराबादले टोलीमा अनुबन्ध गरेको हो ।

 

मार्श गतवर्ष आइपिएलमा चोटका कारण सुरुवाती खेलपछि गुमाउन पुगेका थिए । मार्शको स्थानमा जेसन होल्डरलाई अनुबन्ध गरेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईबाट हेजलवुडले गतवर्ष तीन खेल खेलेका थिए । आइपिएल २०२१ अप्रिल ९ देखि भारतका ६ सहरमा सुरु हुँदै छ । उद्धघाटनमा मुम्बई र बेंगलोरबीच प्रतिस्पर्धा हुने छ ।

civil hospital
Hams Hospitals