चेम्जोङ एसियाकै दश उत्कृष्ट फुटबल खेलाडीको मनोनयनमा
वि.सं.२०७७ चैत १९ बिहीवार
shares
राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ एसियाकै दश उत्कृष्ट फुटबल खेलाडीको मनोनयनमा परेका छन् ।
एसियाली फुटबल संघले जारी गरेको एसियाका दश उत्कृष्ट खेलाडीको मनोनयनमा किरण चेम्जोङ परेका हुन् ।
एसियाली फुटबल संघले ‘एएफसी साताको राष्ट्रिय खेलाडी’को सूची सार्वजनिक गरेको छ ।
उक्त सूचीमा यूनाइटेड अरब एमिरेट्सका अलि मखौत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाको, इरानका सरदार अजमौन, सऊदी अरबका सलेह अल शेहरी, इराकका अला अलि म्हावी, बहराइनका मोहमेद मरहून, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका अलिशेर हलिलोभ र नेपालका किरण चेम्जोङ छन् ।
एसियाली फुटबल संघले बिहीबार उक्त सूची सार्वजनिक गरेको छ । मनोनयनमा परेका दश खेलाडीलाई मतदानका लागि खुला गरिएको छ । ‘एएफसी इन्टिरनेशनल प्लेयर अफ द विक’का लागि मतदान खुला गरेको छ । एएफसीको वेबसाइटमा अप्रिल चारसम्म जोसुकैले अनलाइन माध्यमबाट आफ्नो रोजाइको खेलाडी चयन गर्न पाउनेछ ।




























