राष्ट्रपति भण्डारीले मेलम्ची पानीको आज उद्घाटन गर्ने

13.2K
shares
Nabil bank

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर मेलम्चीकाे पानी वितरणकाे उद्घाटन गर्दैछिन् ।

दिउँसो दुई बजे हुने मेलम्चीको पानी वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन्।

काठमाडौँमा चैत १५ गते देखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको थियो। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आजदेखि बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पनि पानी वितरण सुरु गरेको छ।

 

मेलम्ची खानेपानी आयोजनाले गत महिना पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो । त्यसको दुई साता पछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो ।

 

पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न भएर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएसँगै उपत्यकावासीले दैनिक पानी पाउन थालेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x