काठमाडौंमा आइपुगेको मेलम्ची पानीको आज औपचारिक रुपमा उद्घाटन
वि.सं.२०७७ चैत २० शुक्रवार
10.7K
shares
shares
काठमाडौं, काठमाडौंमा आइपुगेको मेलम्ची पानीको आज औपचारिक रुपमा उद्घाटन गरिने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्ने मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले जानकारी दिएका छन ।
उनका अनुसार, आज दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनेछन् ।
हालसम्म काठमाडौंको महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण भैरहेको छ ।
त्यस्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण कार्य शुरू गरेको छ ।
Subscribe
0 Comments
Oldest
































