पेरिस सेन्ट जर्मेन (पिएसजी) लिलेसँग पराजित
वि.सं.२०७७ चैत २२ आइतवार
1K
shares
shares
एजेन्सी । फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) शीर्ष स्थानको लिलेसँग पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा पिएसजी लिलेसँग १–० ले स्तब्ध भएको हो । लिलेको जितमा २० औँ मिनेटमा डेविडले गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि शीर्ष स्थानको लिलेको ३१ खेलबाट ६६ अंक भएको छ । दोस्रो स्थानको पिएसजीको ६३ अंक छ । विवादित खेलमा पिएसजीका नेइमार र लिलेका जालाेेले राताे कार्ड पाए ।




























