शीर्ष स्थानमा रहेको एथ्लेटिको सेभियासँग पराजित

1.1K
shares

स्पेनिस लिग ला लिगामा शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिड सेभियासँग पराजित भएको छ । मार्कोस एकुनाकाे गोल नै निर्णायक बन्दा एथ्लेटिको पराजित भएकाे छ ।

ला लिगामा सन् २०२०–२१ सिजनमा एथ्लेटिको पराजित भएको यो मात्र तेस्रो पटक हो ।

 

अर्जेन्टिनी खेलाडी अकुनाले जिसुस नाभासको क्रसलाई सजिलै गोलमा परिणत गरेका थिए । यसअघि, एथ्लेटिकोका गोलकिपर जोन ओब्लाकले सेभियाको पेनाल्टी रोकेका थिए । साउल निग्वेजले इभान र्याकिटिचलाई लडाएपछि सेभियाले पेनाल्टी पाएको थियो ।

 

सन् २०१४ पछि पहिलो लिग उपाधि जित्ने होडमा रहेको एथ्लेटिको शीर्ष स्थानमा मात्र ३ अंकले अघि रहेको छ । लिगमा अब ९ खेल खेल्न बाँकी रहेको छ ।

 

सोमबार राति बार्सिलोनाले रियल भालाडोलिडलाई हराए, एथ्लेटिको अग्रता मात्र अंकमा सिमित बन्नेछ । २९ खेलबाट एथ्लेटिकोको ६६, दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ६३ र एक खेल कम खेलेको बार्साको ६२ अंक रहेको छ ।

civil hospital
Hams Hospitals