उपत्यका प्रवेशमा कडाइ , हरेक व्यक्तिकाे एन्टिजेन परीक्षण गरिने
वि.सं.२०७७ चैत २३ सोमवार
921
shares
shares
उपत्यका प्रवेशमा अब कडाइ गरिने भएको छ । छिमेकी मुलुक भारतमा बढदो काेभिड सङ्क्रमणले पर्ने असरलाई मध्यनजर गर्दै यस्ताे निर्णय गरिएको काठमाडौं जिल्ला संकट व्यवस्थापन समितिले जानकारी दिएकाे छ ।
उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिन एन्टिजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । स्थानीय तहहरूलाई नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेर शंकास्पद व्यक्तिहरूको एन्टिजेन परीक्षण गराउन निर्देशन दिएको उनले बताए।
लक्षण देखिए वा शंकास्पद लागेमा पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिने भएको छ ।
सबै नगरपालिकाहरूमा कम्तीमा एकवटा आइसोलेसन केन्द्र र क्वारेन्टाइनन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ ।




























