‘हत्ते नहाल’ सार्वजनिक
वि.सं.२०७७ चैत २४ मंगलवार
1.3K
shares
shares
गायक तथा मोडल दिनेश थापा, भावना आचार्य र कामना वलीको सहकार्यमा नयाँ गीत ‘हत्ते नहाल’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीत आधुनिक शैलीमा फ्यूजन गरेर तयार पारिएको छ ।
गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । यस गीतको मिक्सिङ किशोर थापाले गरेका हुन् ।
गीतको म्यूजिक भिडियोमा गायक दिनेश थापासँग अञ्जली अधिकारीको फिचर्ड गरिएको छ । अनिल के. मानन्धरको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । भिडियोमा गोदावरी रिसोर्ट वरिपरिको दृश्यलाई कैद गरिएको हो ।





























