जितसँगै बार्सिलोना तलिकाकाे दोस्रो स्थानमा
वि.सं.२०७७ चैत २४ मंगलवार
1.2K
shares
shares
स्पेनिस लिग ला लिगामा बार्सिलोना विजयी भएकाे छ ।
सोमबार राति भएको खेलमा रियल भालाडोलिडमाथि १–० गोल अन्तरको जित दर्ता गरेकाे बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।
योसँगै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दूरी एकमा पनि झार्न सफल भयो । २९ खेलबाट एट्लेटिको मड्रिडको ६६ अंक हुँदा बार्सिलोनाले समान खेलबाट ६५ अंक बनाएको छ ।
बार्सिलोनाविरुद्ध बहादुरीपूर्ण प्रदर्शन गरेको भालाडोलिडले अन्तिमसम्म गोल गर्नबाट रोकेको थियो ।
तर, निर्धारित समय सकिन थोरै समय बाँकी रहेका बेला ओस्मन डेम्बेलेले गोल गरेपछि बार्सिलोनाले तीन अंक लिन सफल भयो ।




























