त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजकाे टिकट मुल्य १ सय ५०

1K
shares

नेपाल क्रिकेट संघ (क्यान) ले बैशाखमा आयोजना गर्ने त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजका लागि टिकट मूल्य १ सय ५० तोकेको छ ।

वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाकाे सहभागिता रहने छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।

 

सिरिजका लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपालले आजदेखि बन्द प्रशिक्षण सुरु गरिसकेको छ । नेपाली टिमकाे घोषणा भन्ने केहि दिनमा हुनेछ ।

civil hospital
Hams Hospitals