रियलसंग लिभरपुल पराजित

1.1K
shares

एजेन्सी :रियल मड्रिडसंग लिभरपुल ३-१ गाेल अन्तरले पराजित भएकाे छ ।

 

बुधबार बिहान सम्पन्न खेलमा स्पेनिस ला लिगा च्याम्पियन तथा यूईएफए च्याम्पियन्स लिगको सर्वाधिक सफल तथा १३औं पटको विजेता रियल मड्रिडले प्रिमियर लिग च्याम्पियन क्लब लिभरपुलमाथि क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगमा ३-१ गोल अन्तरको सहज जित निकालेको हो ।

घरेलु टोली रियलको जितमा ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले २ गोल तथा मार्को एसेन्सीयोले १ गोल गरे । यता लिभरपुलको लागि महमोद सलाहले १ सान्त्वना गोल फर्काए ।

 

दोस्रो हाफको खेलको ५०औं मिनेटमा पाहुना टोली लिभरपुलका लागि सलाहले गोल गरि खेलमा फर्काउने प्रयास गरे , तर खेलको ६४औं मिनेट रियलमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरि रियललाई ३-१ गोलको सहज जित दिलाए ।

उक्त जित सँगै रियलले अघिल्लो चरण प्रवेशको सम्भावना बलियो पारेको छ । अब यी २ टोलीबीचको दोस्रो लेगको भिड्न्त १५ अप्रिलमा लिभरपुलको मैदानमा हुनेछ ।

त्यस्तै रियलले सन २०१७/१८ को च्याम्पियन्स लिगको फाइनलमा जस्तै यस पटक पनि ३-१ गोलले जित निकालेको छ ।

civil hospital
Hams Hospitals