एम्बाप्पेकाे उत्कृष्ट प्रदर्शनसंगै पिएसजीसंग वायर्न पराजित
वि.सं.२०७७ चैत २६ बिहीवार
shares
च्याम्पियन्स लिगको पहिलो क्वाटरफाइनल खेलमा फेन्च क्लब पेरिस सेन्ट जर्मनका (पिएसजी) स्टार खेलाडी किलियन एम्बाप्पेकाे उत्कृष्ट प्रदर्शन रहँदा बायर्न म्युनिख ३-२ गाेल अन्तरले पराजित भएकाे छ ।
पिएसजीको जितमा युवा खेलाडी एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे । पिएसजीका लागि एम्बाप्पेले दुई र मर्किनसले एक गोल गरे । बायर्न का लागि भन्ने सान्त्वना गाेल चुपाे माेटिङले गरे ।
खेलमा पहिलो गोल खेलको तेस्रो मिनेटमै एम्बाप्पेले नेमारको पासमा गाेल गरेका थिए । पिएसजीले दोस्रो गोल २८ औँ मिनेटमा गर्दै अग्रतालाई दोब्बर बनायो ।
३७ औँ मिनेटमा चुपो-मोटिङले गोल गर्दै बायर्न पहिलो हाफमा २-१ को अवस्थामा पुग्याे ।
बायर्नले दोस्रो हाफमा भने खेल बराबरी गर्यो । खेलको ६० औँ मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २-२ को बराबरीमा ल्याए । पिएसजीका लागि ६८ औँ मिनेटमा फेरी एम्बाप्पेले गोल गर्दै दोस्रो लेगको लागि अवे गोलको फाईदा दिलाए ।
पिएसजीले दोस्रो लेग अप्रिल १४ मा आफ्नो घरेलु मैदानमा बायर्न म्युनिखसँग खेल्ने छ ।
चौँथो सेमिफाइनलमा भने चेल्सीले पोर्टोलाई पहिलो लेगमा २-० ले पराजित गरेको छ । चेल्सीका लागि मेसन माउण्ट र बेन चिलवेलले एक-एक गोल गरे ।
अवे लिगमा दुई गोल गरेको चेल्सीलाई दोस्रो लेगमा सजिलो हुने छ । चेल्सीले आफ्नो घरमा हुने दोस्रो लेग अप्रिल १४ मै खेल्ने छ ।




























